कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा चल्यो डोजर (तस्वीरहरू)
११ चैत, काठमाडौं । काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ ।
काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।
गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।
सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो ।
गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’
अहिले महानगरको डोजरले संरचनाहरू भत्काइरहेको छ ।