संविधानसभा परिषदले भन्यो : संविधानविरूद्ध हुने गतिविधि सह्य हुँदैन
११ चैत, काठमाडौं। संविधानसभा परिषद नेपालले संविधानविरूद्ध हुने गतिविधि सह्य नहुने बताएको छ ।
सोमबार परिषदका अध्यक्ष अनन्त पौडेलले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा देखिएका राजावादीका अराजक गतिविधि सह्य नहुने बताएका हुन् ।
‘वर्तमान अवस्थामा देखिएका अराजक गतिविधिले राजनीतिक अस्थितरता सिर्जना गर्ने, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षडयन्त्र मात्र नभई संविधानको मर्म र भावनाविरीत संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने कार्य हो भन्ने ठहर गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि सबैसँग परिषदले अपिल गरेको छ ।