Logo
१२ चैत्र २०८१, बुधबार
(March 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

काठमाडौँ । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौँको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।  सो सजाय बेरुजु भई फरार रहेका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली आइतबार वनस्थलीबाट पक्राउ गरेको थियो ।

उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार  कारागार चलान भएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: Mar 24, 2025

प्रतिक्रिया दिनुहोस्