पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस (तस्बिरहरू)
काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पस (पिके)मा प्यानलै जितेका नेविसंघका बागी पक्षधरले विजय जुलुस निकालेको छ । स्ववियू सभापतिमा जित हासिल गरेकी भूपी ऐरको नेतृत्वमा बागीहरूको जुलुस निकालिएको हो ।
जुलुस रत्नपार्क, त्रिचन्द्र, कमलादी र पुतलीसडक हुँदै पुनः पिके क्याम्पसमा पुगेको थियो ।