Logo
११ चैत्र २०८१, मंगलबार
(March 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा

विराटनगर । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् ।

महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । चौतारीको अध्यक्षका लागि   वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी पेस गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Mar 23, 2025

प्रतिक्रिया दिनुहोस्