Logo
१२ चैत्र २०८१, बुधबार
(March 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाबाट सहकारीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकउपर बैठकमा छलफल भएपछि बहुमतबाट स्वीकृत गरेको हो ।

त्यसअघि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको बताए । सहकारी पीडितहरूले समेत लामो समयदेखि आन्दोलन गरिरहेको अवस्थामा सबैलाई सम्बोधन गर्नका लागि कानुन आवश्यक रहेकाले विधेयक आवश्यक परेको उनको भनाई थियो ।

मन्त्री अधिकारीले तत्कालका समस्या समाधान गर्न विधेयक ल्याएको भन्दै यसमा रहेका अपूर्ण विषयहरूलाई सम्बोधन पूर्ण बनाउने प्रतिबद्धता जनाए । उनले सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार गम्भीर रहेको बताए ।

त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले पूर्णरुपमा छलफल गरेर विधेयक आउन सके उचित हुने धारणा राखेका थिए ।

प्रकाशित मिति: Mar 23, 2025

प्रतिक्रिया दिनुहोस्