Logo
११ चैत्र २०८१, मंगलबार
(March 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको  टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए।

“हामीले थुप्रै मेडिकल कलेजहरु बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ ।  सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ” प्रधानमन्त्री ओलीले भने, “हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुु भएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नुु हुँदैन, अहिले जति पनि समस्याहरु छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुु पर्छ ।”

प्रधानमन्त्री ओलीले  उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे ।

प्रकाशित मिति: Mar 23, 2025

प्रतिक्रिया दिनुहोस्