Logo
१३ चैत्र २०८१, बिहीबार
(March 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख घिमिरे उज्वेकिस्तान जाँदै, दुई हप्तापछि फर्किने

१० चैत, काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् ।

सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ ।

दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक/एक जना सदस्य छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम सभामुखसँगै उज्वेकिस्तान जाने छन् ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुनेछन् ।

प्रकाशित मिति: Mar 23, 2025

प्रतिक्रिया दिनुहोस्