Logo
९ चैत्र २०८१, आईतबार
(March 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलित परिवारको घर भत्काएको घटनामा हेलचेक्रयाईँ गरेको भन्दै सिराहाका सिडिओ गृह मन्त्रालय तानिए

काठमाडौँ । दलितको परिवारको घर भत्काएको घटनामा हेलचेक्रयाईँ गरेको भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन् ।

सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबार बिहान गृह मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनको ठाउँमा कपिलवस्तुमा रहेको विश्वप्रकाश अर्याललाई सिराह पठाइएको छ ।

औरही ५ मा महायज्ञ गर्नका लागि भन्दै स्थानीय दिपक मल्लिकको घर भत्काएर उनीहरुलाई अन्यत्र टहरोमा सारिएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा पुगेका सुरक्षा अधिकारीहरुले गाउँपालिकाले मन्जुरीनामा लिएर घर भत्काएको अभिव्यक्ति दिएका थिए ।

तर दिपकले भने फागुन १० मा घर भत्काएपनि चैत ६ गते मात्रै झुक्याएर जग्गाको कागज भन्दै मन्जुरीनामा गराएको बताएका छन् ।

दलित परिवारको उठिबास लाएर महायज्ञको मण्डप, घटना ढाकछोप गर्न पुरानो मितिमा मन्जुरीनामा

प्रकाशित मिति: Mar 21, 2025

प्रतिक्रिया दिनुहोस्