Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाबाट पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा पेस गरिने

काठमाडौँ । प्रतिनिधिसभाबाट बहुमतले पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा प्रस्तुत हुने भएका छन् ।  राष्ट्रियसभाको शुक्रबारको सम्भावित कार्यसूचीमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची राखिएको छ ।

सुशासन प्रवर्धन विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले र सहकारीसम्बन्धी विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: Mar 20, 2025

प्रतिक्रिया दिनुहोस्