प्रधानमन्त्रीले आज संसदमा उठेका प्रश्नको जवाफ दिने
काठमाडौं, चैत ७ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो । संसद सचिवालयका अनुसार बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची तय भएको हो ।
त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन्। यसैगरी, अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि बफादार छलफल गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।