Logo
७ चैत्र २०८१, शुक्रबार
(March 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

काठमाडौँ । चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।  बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो ।

त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।

यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतको यो आदेशसँगै निर्वाचन अन्योलमा परेको छ ।

1111

प्रकाशित मिति: Mar 19, 2025

प्रतिक्रिया दिनुहोस्