Logo
९ बैशाख २०८२, मंगलबार
(March 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमर्श क्याम्पस स्ववियु अध्यक्षमा राप्रपाका ऐरको उम्मेदवारी खारेज

४ चैत, काठमाडौं । नेपाल कमर्श क्याम्पस स्ववियुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठनबाट अध्यक्षमा उम्मेदवारी दिएका नविन ऐरको उम्मेदवारी खारेज भएको छ ।

भर्ना प्रक्रियामा कैफियत देखिएकाले ऐरको उम्मेदवारी खारेज भएको निर्वाचन समितिले जनाएको छ ।

‘भर्ना प्रक्रियामा कैफियत देखिएको र उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता गरि पाउँ भनेर निवेदन दिएकोले अध्यक्षको उम्मेदवारी रद्ध गर्ने निर्णय भएको छ’ निर्वाचन समितिका प्रवक्ता अजय कुमार खड्काले जानकारी दिए ।

यो सँगै नेपाल कमर्श क्याम्पस स्ववियुको अध्यक्षमा चार जनाको उम्मेदवारी कायम रहेको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ ।

नेकपा एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी संगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ ।

जैसी नेतृत्वको प्यानललाई नेकपा एकीकृत समाजवाद निकट र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठनको समर्थन छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल समाजवादी पनि चुनावी मैदानमा छ । अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले अध्यक्षमा नविन ऐरलाई अध्यक्षमा उठाएको छ । तर, उनको उम्मेदवारीको सम्बन्धमा उजुरी परेको निर्वाचन समितिले जनाएको छ ।

‘उजुरीउपर छलफल भएको छ । यस सम्बन्धमा उचित निर्णय हुन्छ’ निर्वाचन समितिका प्रवक्ता अजय कुमार खड्काले जानकारी दिए ।

विद्यार्थी नेताहरूका अनुसार उम्मेदवारी पाँच जनाको परेता पनि प्रतिस्प्रर्धा कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगगठनको बीचमा हुनेछ ।

यो क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता छन् । मतदान यही ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: Mar 17, 2025

प्रतिक्रिया दिनुहोस्