Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लाइफ इन्स्योरेन्स सञ्चालकमा ३ जना निर्वाचित

३ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) मा ३ जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित रहेको सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा भएको थियो ।

जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।

निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।

प्रकाशित मिति: Mar 16, 2025

प्रतिक्रिया दिनुहोस्