Logo
१९ चैत्र २०८१, बुधबार
(March 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोखामा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

३ चैत, काठमाडौं । टोखा नगरपालिका–१ फूलबारी गेट अगाडि दुई मोटरसाइकल आपासमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भइ टोखा–३ भुतखेल बस्ने १८ वर्षीय रिवाज आचार्य छन् । फूलबारी गेट अगाडि सडकमा बागमती प्रदेश –०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुने आचार्य बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकलका चालक रहेको प्रहरीले बताएको छ । उपचारको क्रममा उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

अर्का मोटरसाइकलका चालकको भने ग्राण्डी अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: Mar 16, 2025

प्रतिक्रिया दिनुहोस्