केआईईटी प्रकरणः नेपाल आएका सबै विद्यार्थी उडिसा फर्किए, टिकटको खर्च कलेजले बेहोर्यो
काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको शंकास्पद मृत्युपछि निम्तिएको घटनाक्रमका कारण कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरु कलेजमै फर्किएका छन् । विद्यार्थीहरुका अनुसार करिब ११ सय विद्यार्थीहरु कलेज फर्किएका छन् । उनीहरु नेपालबाट फर्कने क्रममा लागेको सम्पूर्ण यातायात खर्च कलेजले नै ब्यहोरेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले यातायातमा खर्च भएको रकमको विवरण पेस गरेपछि कलेजले सबै रकम भुक्तानी गरिदिएको हो । कलेज फर्कनुअघि नै विद्यार्थीहरुको आउने जाने सम्पूर्ण खर्च कलेजले नै व्यहोर्ने सर्तमा विश्वविद्यालय सहमत भएको थियो ।
नेपाल फर्किएका विद्यार्थीहरु फेरि सोही कलेजमा फर्कदा आफूहरुमाथि पुरानै शैली दोहोरिने हो कि भन्ने चिन्तामा विद्यार्थीहरु थिए । तर कलेजले उनीहरुका लागि सौहार्द वातावरण बनाएको उनीहरुले बताएका छन् । ‘अहिले हामीहरुलाई कलेजले कुनै नराम्रो व्यवहार गरेको छैन । हाम्रो टिकटमा खर्च भएको रकम पनि कलेजले नै तिरिदियो’, एक विद्यार्थीले भने, ‘अन्तराष्ट्रिय स्तरमै कलेजको व्यवहारको आलोचना भएपछि उनीहरुले रियलाइज गरेको देखिएको छ । अहिलेसम्म पुरानो विषयलाई लिएर हामीहरुलाई नराम्रो व्यवहार गरिएको छैन ।’

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपालकी प्रकृति लम्साल फागुन ४ गते होस्टलमा मृत भेटिएकी थिइन् । घटनाक्रमहरु शंकास्पद देखिएपछि नेपाली विद्यार्थीहरुले प्रकृतिको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि विश्वविद्यालय प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीहरुलाई कलेज र होस्टल छाड्न दवाव दिएको थियो ।
त्यतिमात्र नभएर गार्ड बाहिरका गुन्डा प्रयोग गरी नेपाली विद्यार्थीहरुलाई कुटपिट गरी होस्टलबाट निकालिएको थियो । कलेज प्रशासनले दुव्र्यवहार गर्दै निकालिएका र बिभिन्न रलवेस्टेसनमा छाडिएका नेपाली विद्यार्थीहरु जेनतेन खर्च जुटाएर नेपाल फर्किएका थिए । विश्वविद्यालय प्रशासनका अधिकारी तथा प्रोफेसरहरुले नेपाली विद्यार्थीलाई धम्क्याएका भिडियोहरु सञ्जालमा छरपस्ट भएपछि विश्वविद्यालयको चर्को आलोचना भएको थियो ।
अन्तराष्ट्रिय स्तरमै बद्नामी हुन थालेपछि त्यसको ढाकछोपका लागि विश्वविद्यालयले ढाकछोपका लागि हर प्रयास गरेको थियो । उक्त घटनामा नेपाली विद्यार्थीहरुमाथि भएकाे दुर्व्यवहार सम्बन्धमा विश्विवद्यालयले माफी समेत मागेकाे थियाे । त्यसपछि कलेजले विद्यार्थीहरुलाई फिर्ता बोलाएको थियो ।
अहिले प्रकृतिको शंकास्पद मृत्युको मुद्दा अदालतमा विचाराधिन छ । उक्त घटनामा पक्राउ परेका सोही विश्वविद्यालयमा अध्ययनरत अद्विग श्रीवास्तव अहिले प्रहरी हिरासतमा छन् ।