‘ह्याप्पी होली’ भन्दै पाकिस्तानी प्रधानमन्त्रीले दिए होलीको शुभकामना
काठमाडौँ । मुस्लिम बहुल राज्य पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हिन्दु धर्मावलम्बीको रमाइलो पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख गरेका छन् ।
पाकिस्तानमा रहेका हिन्दु धर्मावलम्बीलाई विशेष शुभकामना व्यक्त गर्दै शरीफले लेखेका छन्, ‘रङहरूको यो पर्वले तपाईंहरूको जीवनलाई खुसी, स्वास्थ्य, सफलता र समृद्धिले भरोस् ।’
उनले शुभकामनाको अन्त्यमा ‘ह्याप्पी होली’ लेखेका छन् ।