सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
काठमाडौँ । ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन् ।
सरकारले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएको हो ।
विधेयकमा सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर केसी र दुर्गालाईले राखेका विरोधको सूचना राखेका थिए । उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री गुरुङले विधेयक सभामा प्रस्तुत गरेका हुन् ।