Logo
२९ फाल्गुन २०८१, बिहीबार
(March 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजीकरण (पहिलो संशोधन) विधेयक-२०८१ प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ संसद्मा प्रस्तुत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक पेश गरेका हुन् ।

त्यसअघि सो प्रस्तावलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा तामाङ, माधव सापकोटा र चित्रबहादुर केसीबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिएकोमा सबै सूचना बहुमतले अस्वीकृत भएको थियो ।

सरकारले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ अध्यादेश जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएको हो ।

प्रकाशित मिति: Mar 12, 2025

प्रतिक्रिया दिनुहोस्