Logo
९ बैशाख २०८२, मंगलबार
(March 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघले गर्‍यो केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मंगलबार उम्मेदवारी दर्ता गर्दा पार्टीको संगठनबाटै बागी उम्मेदवारी दर्ता गरेको र त्यसलाई निर्वाचन समितिले पनि स्वीकार गरेको भन्दै तालाबन्दी गरिएको हो ।

बुधबार नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका महामन्त्री तथा स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेबिसंघ निर्देशक समिती संयोजक र स्ववियु टिकट वितरण समितीका संयोजकको स्पष्ट निर्देशनमा त्रिभुवन विश्वविद्यालयको समितीबाट स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार तय गरी अगाडि बढ्न साथै स्ववियु अध्यक्षमा अनोज कार्कीको नेतृत्वमा अघि बढ्न दिइएको निर्देशन अनुसार आफ्नो संगठनले उम्मेदवारी दिएको तर, नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय निर्वाचन आचारसंहिता अनुसार ५ बजेपछि उम्मेदवारी गर्दा गरेको बताएका छन् ।

‘हामीले आज मनोनयन दर्ता गयौं । साथसाथै नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय निर्वाचन आचारसंहिता अनुसार ५ बजेपछि मनोनयन पत्र सहित केही जत्थाहरु र अन्य दलका संघसंगठन उपस्थित भएको र समयसीमा कटिसकेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतज्युले केही आदिकल्चो फर्म लिई बुझेको हुँदा उक्त क्रियाकलाप निर्वाचनको आचारसंहिता बिपरित भएको हुँदा उक्त कुरा नसच्याइएसम्म अनिश्चितकालीन रूपमा तालाबन्दी गरिएको जानकारी गराउँदछौ । साथसाथै विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेण्टी गर्न पनि अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेण्टी गर्न पनि अनुरोध गरेको छ । आचारसंहिता विपरितका क्रियाकलापहरुलाई बढावा दिँदै समिती अगाडि बढेमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिती थप आक्रामक गतिविधि बढाउन बाध्य हुने र उत्पन्न भएको असहज परिस्थिती र क्षतिको जिम्मा स्वयम् निर्वाचन समितिले लिनुपर्ने चेतावनी पनि सो संगठनले दिएको छ ।

प्रकाशित मिति: Mar 12, 2025

प्रतिक्रिया दिनुहोस्