Logo
१ बैशाख २०८२, सोमबार
(March 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री आउँदा सडक खाली गराएर दु:ख दिने काम भएको भन्दै विरोध

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउँदा सडक खाली गराएर दु:ख दिने काम भएको भन्दै विरोध भएको छ ।

शुक्रबार ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको एक स्थानीयले बताए ।

गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले अहिले अवस्था सामान्य  रहेको बताए । ‘प्रधानमन्त्री आउनेबेलामा सुरक्षा व्यवस्था कडाइ गरिँदा सवारी रोक्नपर्‍यो,’ उनले भने, ‘त्यही बेला हतारमा भएकाहरूले हर्न बजाएका होलान् । सामान्य हो, त्यो ।’

प्रधानमन्त्री अहिले मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रममा छन् भने त्यसपछि उनले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि नै काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार त्यस पश्चात् प्रधानमन्त्री ओलीलाई वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमनमा लगिने छ।

प्रकाशित मिति: Mar 7, 2025

प्रतिक्रिया दिनुहोस्