Logo
१९ चैत्र २०८१, बुधबार
(March 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुम्बाराहीमा इभी बसमा आगलागी

२२ फागनु, काठमाडौं । धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

बसमा रातिमा  चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 6, 2025

प्रतिक्रिया दिनुहोस्