लेजेन्ड गोलकिपर जियानलुइजी बुफन नेपालमा (तस्विरहरु)
काठमाडौँ । लेजेन्ड गोलकिपर जियानलुइजी बुफन नेपाल आएका छन् । इटालीका पूर्वकप्तान बुफन सोमबार साँझ हुने ‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकनका लागि नेपाल आएका हुन् ।
विश्वकप विजेता इटालिका गोलकिपर बुफनलाई आइतबार राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
सन् २००६ मा आयोजित फिफा विश्वकपमा इटालीलाई जिताउन बुफनको ठूलो हात छ । इटालीबाट ८० खेलको कप्तानीसमेत गरेका बुफनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका छन् । उनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँचवटा विश्वकप खेलेका छन्।