Logo
१९ चैत्र २०८१, बुधबार
(March 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी

१८ फागुन, काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको *प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले  भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’

हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

प्रकाशित मिति: Mar 2, 2025

प्रतिक्रिया दिनुहोस्