Logo
९ चैत्र २०८१, आईतबार
(March 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो

१८ फागुन, जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ ।

मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका हुन् ।

९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेको थियो । त्यसपछि लेखाका अधिकृत आठौंलाई वरिष्ठताको आधारमा रामसागर यादवलाई निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो।

मेयर साहका अनुसार ४ फागुनमा समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो । तर हालसम्म उनी नआएको मेयर साहको गुनासो छ।

त्यसयता तीनदिन मन्त्रालय पुगेर गुनासो गरेको, मन्त्रीले भेट्न समय नदिएको उनले आकोश व्यक्त गरे ।

प्रशासकीय अधिकृत विहीन हुँदा नागरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्द गरी साँचो प्रजिअलाई बुझाएको मेयर साहले बताए ।

प्रकाशित मिति: Mar 2, 2025

प्रतिक्रिया दिनुहोस्