सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रेस सेन्टर नेपालकाे प्रदर्शन (तस्विरहरु)
काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनी गरेको छ । उनीहरु प्रदर्शन गर्दै बबरमहलबाट र्यालीसहित माइतीघर मण्डला पुगेका हुन्।
राष्ट्रियसभामा पेश भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने उनीहरुको माग छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गरियोस, प्रेसमाथिको नियन्त्रण मुर्दावाद’ लगायतका नारा लेखिएका पम्प्लेट बोकेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।