Logo
१९ चैत्र २०८१, बुधबार
(February 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

१५ फागनु, काठमाडौं । तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार थिइन् । उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: Feb 27, 2025

प्रतिक्रिया दिनुहोस्