Logo
१ बैशाख २०८२, सोमबार
(February 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीमा प्राधिकरण नवनियुक्त अध्यक्ष शरद ओझाले लिए शपथ

१३ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन् ।

अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले झालाई बधाइ तथा कार्य सफलताको शुभकामना दिए ।

ओझालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Feb 25, 2025

प्रतिक्रिया दिनुहोस्