पशुपति क्षेत्रमा बढ्यो साधुसन्तको चहलपहल (तस्बिरहरू)
काठमाडौँ । बुधवार परेको यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ।
छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । भारतमा जारी महाकुम्भ मेलाको कारण यस वर्ष तुलनात्मक रूपमा साधुसन्तको उपस्थिति कम हुने आकलन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा सजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए ।