Logo
१८ चैत्र २०८१, मंगलबार
(February 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्युठानबाट गगन थापाले मागे मतदातासँग माफी

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदातासँग माफी मागेका छन् ।

सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी मागेका हुन् ।

‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ महामन्त्री थापाले भने ।

उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने पनि बताए ।  ‘हामीले अघिल्लोपटक गल्ती गर्‍यौं, अब यस्तो गल्ती दोहोर्‍याउँदैनौं,’ थापाले भने ।

उनले प्युठानमा कांग्रेसको एउटा पनि व्यक्तिले अर्को कुनै चुनाव चिन्हमा मत नहाल्ने जिकिर गरे । ‘तर, यसका लागि ताली बजाएर मात्रै हुँदैन,’ महामन्त्री थापाले भने, ‘हामीलाई ८/१० हजार मत पुग्दैन, त्यसका लागि तयारी गरौं ।’

प्रकाशित मिति: Feb 24, 2025

प्रतिक्रिया दिनुहोस्