Logo
१ बैशाख २०८२, सोमबार
(February 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)

काठमाडौँ । महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागाबाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरू आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यवस्थापनलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति: Feb 24, 2025

प्रतिक्रिया दिनुहोस्