Logo
३० चैत्र २०८१, आईतबार
(February 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु

११ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको यो प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।

आगामी १९ फागुनसम्म हुने प्रतियोगिताको उद्घाटन खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच जारी छ ।

खेलअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन एन्फा कम्प्लेक्समै मनाइएको थियो ।

प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।

६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिएका छन् ।

प्रकाशित मिति: Feb 23, 2025

प्रतिक्रिया दिनुहोस्