Logo
१ बैशाख २०८२, सोमबार
(February 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘केपी ओली कप फुटबल’ आजबाट सुरू हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने, यी कलाकारले दिँदैछन् प्रस्तुती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट सुरु हुन लागेको तेस्रो संस्करणको ‘केपी ओली कप फुटबल’ प्रतियोगीता आजबाट सुरु हुँदैछ । दिउँसो ३ बजेबाट आजको पहिलो खेल हुन लागेको आयोजना राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

त्यसअघि दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने छ । उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतको प्रस्तुति रहने छ ।

एन्फा कम्प्लेस सातदोबाटोमा हुने आजको पहिलो खेल उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुनेछ । ‘केपी ओली कप फुटबल’ हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने

सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन नेपाल आउने भएपछि ओली कप फुटबलको रौनकता फरक हुने युवा संघले जनाएको छ । इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ।

फागुन १२ र १३ गते समान २ खेल हुनेछन्। फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ।

फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ।

सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।

प्रकाशित मिति: Feb 23, 2025

प्रतिक्रिया दिनुहोस्