एन्फा कम्प्लेक्समा शुभकामना आदानप्रदान गरौँला : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) हुने केपी ओली कप फुटबल प्रतियोगिता हेर्न एन्फा कम्प्लेक्स जाने भएका छन् ।
आज ओलीको जन्म दिन समेत हो । जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले यो पटक विशेष कुनै कार्यक्रम नराखेको जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’