सानिमा बैंकद्वारा १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं, ७ फागुन । सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेशनल इन्भेस्मेन्ट पीएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त ऋण जलविद्युत् आयोजनाहरू निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिने बताइएको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सानिमा बैंकले देशको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरू तथा १ वटा २६ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।