राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको प्रतिवेदन पेस
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०/०८१ सदनसमक्ष पेस गरेका हुन् ।