Logo
२८ चैत्र २०८१, शुक्रबार
(February 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हमासले सबै बन्धकलाई मुक्त नगरे कडा युद्ध सुरु गर्ने इजरायलको चेतावनी

काठमाडौं, माघ ३० । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई हमासले फिर्ता नगरे गाजामा युद्धविराम अन्त्य गर्ने र कडा युद्ध सुरु गर्ने चेतावनी दिएका छन्।

हमासले अर्को सूचना नभएसम्म बन्धक मुक्त नगर्ने बताएपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सेनालाई उच्च सतर्कताका साथ गाजा भित्र र वरपर जम्मा हुन आदेश दिइसकेका छन्। नेतान्याहुले हमासको कब्जामा रहेका सबै ७६ बन्धकहरूलाई रिहा गर्न माग गरेका छन् ।

हमासले इजरायलले तीन हप्ता अघि भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ । अत्यावश्यक मानवीय सहायता अवरुद्ध गरेको हमासको भनाइ छ । इजरायलले भने हमासको दाबीलाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति: Feb 12, 2025

प्रतिक्रिया दिनुहोस्