Logo
१८ चैत्र २०८१, मंगलबार
(February 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ ।  मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गरे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतवार बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति: Feb 10, 2025

प्रतिक्रिया दिनुहोस्