Logo
२६ फाल्गुन २०८१, सोमबार
(February 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेनपावरका नाममा ठगी धन्दा गर्दै हिड्ने झापाका राउत प्रहरी थुनामा

बिभिन्न ब्यक्तिसँग ठगी गर्दै हिड्ने झापा मेचिनगरका प्रदिप राउतलाई काठमाण्डौ प्रहरी बृत महाराजगन्जले पक्राउ गरेको छ । प्रहरीले उनलाई बैंकिङ्ग कसुरमा माघ १५ गते पक्राउ गरेको हो ।

प्रहरीमा उनी विरुद्ध १९ लाख ५० हजार र १५ लाख को गरि दुई ओटा चेक बाउन्स भएको जहेरी रहेको छ । सोही जाहेरी अनुसार उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएका छन् ।

काठमाडौ स्थित चपल कारखाना नजिकै बसोवास रहेको उनी अल शाहिद ओभरसिज नामक एक मेनपार पम्पनीका निर्देशक समेत आफूलाई बताउँदै आएका थिए ।

आफ्ना नजिकका साथीहरुलार्इ ओफिसमा बोलाई बोलाई चिया, कफि खुवाउँदै यो अफिस मेरै हो भन्दै उनले ठगी गर्ने गरेको जाहेरीमा उल्लेख रहेको छ । उनले ठगीको ग्यारेन्टी स्वरुप आफ्नो र अफिसको चेक समेत दिने गरेका थिए ।

तर उक्त मेनपावर राउतको नभइ बलराम भट्टराईको नाममा रहेको खुलेपछि उनीसँग आर्थिक कारोवार गर्नेहरु सोधीखोजी गर्न थालेका थिए ।

एक पिडितका अनुसार कुनैबेला राउत बिर्तामोड झापामा जानकी ओभरसिजको शाखा कार्यालय सन्चालन गर्दै बिर्तामोड मै बसोबास गरिरहेका थिए भने त्यहाँ आफ्नो व्यबहार बिग्रन थालेपछि उनी झापा छोडी काठमाडौ पसेका थिए ।

सुरुमा काठमाडौ एयरपोर्ट नजिकै सि डि ह्युमेन रिसोर्सेज प्रालि नामक मेनपावर पाटनरसिपमा सन्चालन गरेका राउतले हिसाब किताब नमिलेपछि उक्त मेनपावर छाडी अल शाहिद ओभरसिजका नाममा ठी धन्दा सुरु गरेका थिए ।

प्रकाशित मिति: Feb 2, 2025

प्रतिक्रिया दिनुहोस्