Logo
२६ फाल्गुन २०८१, सोमबार
(February 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार कण्डेलसहित विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित उक्त विद्यालयका सहायक गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसमेतको मिलोमतोमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि घुस मागेको पुष्टि भएकाले कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: Feb 2, 2025

प्रतिक्रिया दिनुहोस्