रास्वपाका तेस्रो चरणबाट गुज्रिरहेको छ, हामीमाथि भीषण आक्रमण भैरहेको छ : स्वर्णिम वाग्ले
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अहिले रास्वपा तेस्रो चरणबाट गुज्रिरहेको र आफूहरुमाथि भीषण एट्याक भैरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रास्वपाको अब दिग्विजयको चौथो चरण चाँडै नै सुरु हुन लागेको उद्घोष गरे । उनले भने,‘अब चौथो चरणमा जाने कुरामा हामी पूर्ण आत्मविश्वसको साथ अघि बढिरहेका छौं ।’ उनले रवि लामिछानेमाथि लगाईएको निलम्बनप्रति आक्रोश पोखे । रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको उनको आरोप छ ।