Logo
१६ फाल्गुन २०८१, शुक्रबार
(January 31, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहिष्कार गरेर निस्किएका रास्वपा सांसद प्रतिनिधिसभा बैठकमा फर्किए

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् ।

सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।

उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति: Jan 31, 2025

प्रतिक्रिया दिनुहोस्