Logo
१४ माघ २०८१, सोमबार
(January 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थसमितिका सांसदहरूले गरे लुम्बिनी भ्रमण

रुपन्देही । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले लुम्बिनी भ्रमणमा पुगेका छन् ।

समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यहरूले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् ।

सांसदहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे ।

भ्रमणपछि अर्थसमितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकामीहरुको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरूले चासो राखेको बताए ।

उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरूले ध्यान दिने समेत बताए ।

उक्त अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदहरूलाई जानकारी गराए ।

लुम्बिनीको पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला वर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानाकर्षण गराएको शाक्यले बताए ।

सांसदहरूले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गरेका थिए ।

भन्सार विधेयकका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया र सुझाव संकलनका लागि नेपालगञ्ज, कृष्णनगर हुँदै भैरहवामा आएको बेला समितिका सांसदहरूले लुम्बिनी भ्रमण गरिएको अर्थसमितिका सचिव रेखा उपाध्यायले जानकारी दिइन् ।

प्रकाशित मिति: Jan 27, 2025

प्रतिक्रिया दिनुहोस्