कोशी विचार उत्सवको तयारी तिब्र : प्रदेशमा पहिलोपटक ऎतिहासिक कार्यक्रम हुँदै
प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको खुला संवाद कार्यक्रम कोशी विचार उत्सवको तयारी तिब्र गरिएको छ ।
पोखरा, बुटवल, जनकपुर र राजबिराजमा सफल आयोजना भैसकेको यस्तै कार्यक्रमको आयोजना बिराटनगरमा पहिलोपटक गर्न लागिएको हो ।
बिराटनगरको महेन्द्र चोकमा फागुन १५, १६ र १७ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कोशी प्रदेशसँग नाता भएका तर राष्ट्रिय स्तरमा स्थापित दर्जनौं प्रस्तोताहरुले उक्त कार्यक्रममा बिधागत संवाद गर्ने छन् ।
आम जनता, निजि क्षेत्र र तिनै तहका सरकारबीच खुला संवादमा अधारित यस कार्यक्रममा सांस्कृतिक प्रस्तूतीहरु पनि राखिएका छन् ।
कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन यस कार्यक्रमको प्रमुख उदेश्य रहेको आयोजकले जनाएका छन् ।
स्थानीय, प्रादेशिक र राष्ट्रिय महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्नु यो उत्सवको आयोजना प्रमुख उद्देश्य रहेको आयोजक संस्था बिना फाउन्डेसनका अध्यक्ष वरुण झाले बताए ।
शिक्षा, स्वास्थ्य, शुसाशन र व्यवसाय व्यवस्थापन लगायत नीति, सांस्कृती जस्ता विषयमा केन्द्रित यो वार्षिक मञ्चले विचारहरूको आदान-प्रदान गर्ने स्थानीय संयोजक जेनिसा सुमनले बताईन ।
बिराटनगर शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराहरु सार्वजनिक भएको हो ।
जनप्रतिनिधिका बीचमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण छलफल गरिने आयोजक संस्थाका अध्यक्ष झाले बताए ।
कोशी बिचार उत्सवले प्रादेशिक संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको उनले बताए ।
प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध कोशी प्रदेशले यो उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने लक्ष्य आयोजकको रहेको छ ।
कार्यक्रमको सुरुवात अघि विद्यालय स्तरका विधार्थी र युवा केन्द्रित विभिन्न कार्यक्रमहरु पनि राखिएको आयोजकले जनाएका छन् ।