Logo
९ माघ २०८१, बुधबार
(January 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई लेखा समितिको निर्देशनः सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नु

काठमाडौं, ९ माघ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए । सो क्रममा निर्माण सामाग्री सिमेन्टमा भएको मूल्यवृद्धिबारे सरोकारवालासहितको सहभागितामा छलफल भएको थियो ।

सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँग उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएइएको छ ।

सांसदहरुले सरकारले अध्यादेशमार्फत् ऐन संशोधन गरेर कालाबजारीलाई वैधता दिएको आरोप लगाएका थिए । सिमेन्टको मूल्य तत्काल पहिलाकै अवस्थामा हुनुपर्ने उनीहरुको माग थियो । मूल्यवृद्धिबारे विस्तृत अध्ययन गरी तत्काल नियन्त्रणका लागि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: Jan 22, 2025

प्रतिक्रिया दिनुहोस्