राजेन्द्र महतोले पाए निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह ग्याँस सिलिण्डर
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
आज निर्वाचन आयोगद्वारा राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको हो। चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ ।
गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ । दल दर्ता नं। २०१ कायम भएको छ।
स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अध्यक्ष राजेन्द्र महताले अपील गरेका छन् ।