Logo
८ माघ २०८१, मंगलबार
(January 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेशबारे एमाले : संविधानमा छ भने कसरी अलोकतान्त्रिक हुन्छ ?

८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद  गोकुल बास्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए । त्यसपछि बोलेका एमाले सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताएका हुन् ।

अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ’, उनले भने ।

उनले अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए । ‘अध्यादेशको कन्टेन्टमा जाउँ न । प्राइभेट सेक्टरले स्वागतै गरेको छ त । अध्यादेश हिजो पनि आएको छ । कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने त आएको होइन नि !’

प्रकाशित मिति: Jan 21, 2025

प्रतिक्रिया दिनुहोस्