Logo
६ माघ २०८१, आईतबार
(January 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व डीआईजी छविलाल जोशीमाथिको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाउने आदेश

काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीका एकजना अधिकृतले  बताए ।

प्रकाशित मिति: Jan 19, 2025

प्रतिक्रिया दिनुहोस्