Logo
३ माघ २०८१, बिहीबार
(January 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको अधिकार खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ

काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार खोस्न खोजेको खण्डमा देश राजनीतिक खतरामा जाने चेतावनी दिएका छन् । आज (बिहीबार) चितवनको माडी– १ बडुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बनेदेखि जनताका अधिकार खोस्ने गरी कामकारबाही भइरहेको बताएका हुन् । उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको बताए ।

आफू नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा केही सकारात्मक पहल भएपनि अहिले त्यसलाई उल्ट्याउने प्रयास भइरहेको बताए । उनले अहिले अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बनेको र यसले संविधान र लोकतन्त्रको मर्यादा विपरीतका काम गरिरहेको बताए ।

त्यसैगरी, वर्तमान सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको प्रचण्डले बताए । उनले अध्यादेशबाट शासन गर्न खोजिनु लोकतन्त्रको मर्यादा र भावना विपरित रहेको दाबी गरे ।

प्रकाशित मिति: Jan 16, 2025

प्रतिक्रिया दिनुहोस्