Logo
२ माघ २०८१, बुधबार
(January 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन् ।  प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यादेशबारे आलोचना र विरोध भएपछि प्रधानमन्त्री अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने निर्णयमा पुगेको बुझिएको छ ।  सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो ।

तर, राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मात्र जारी गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धि अध्यादेश अध्ययन गर्नुपर्ने भन्दै होल्ड गरेका थिए ।

प्रकाशित मिति: Jan 15, 2025

प्रतिक्रिया दिनुहोस्